Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपाल जेसीजको क्षेत्रीय सम्मेलन शुरू [हेर्नुहोस् लाइभ]

नेपाल जेसीजको क्षेत्र ख सम्मेलन २० भाद्रदेखि पालुङमा सुरु हुँदैछ ।

नेपाल जेसीजका चार वटा क्षेत्रहरुमध्ये ख सम्मेलन पालुङ जेसीजको आतिथ्यतामा हुन लागेको हो । "परिवर्तनका लागि उठाैँ/जागौँ, मानव विकासका लागि नेतृत्वको अभ्यास" प्रकरणसहित सुरु हुने सम्मेलनमा देशभरबाट करिव २५० युवाहरुको सहभागिता रहने सम्मेलन निर्देशक सुरेन्द्रमान प्रधानले बताए । जेसीज हल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहल, होटल गङ्गा, होटल शङ्कर, होटल पाइनस, साहारा रिसोर्टका हलहरुमा भौतिक दुरी कायम गरि सम्मेलनका कार्यक्रमहरु हुने निर्देशक प्रधानले जानकारी दिए ।

सम्मेलन नेपाल टेलिभिजनका पूर्व सञ्चालक समितिका अध्यक्ष, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजि, पपया न्युगिनीका लागि पूर्व नेपाली राजदुत महेश दाहालको प्रमुख आतिथ्यतामा हुदैछ । सम्मेलनमा प्रकरण गोष्ठी, वक्तृत्वकला, तालिम, क्षेत्रीय साधारणसभाहरु हुनेछ । सम्मेलनले थाहानगरको आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

हेर्नुहोस् लाइभः

 

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०