Sunday, 23rd August, 2026
वि.स.

नेपालमा लम्बियो मनसुन

Mansun-1600912195.png

नेपालमा मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय रहेकाले मनसुन लम्बिएको हो ।

‘यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको छ,’ जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।

आजसम्मको विश्लेषण अनुसार, हाल भारतको मध्य प्रदेशमा रहेको न्युन चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिम तर्फ सर्ने क्रममा २५ सेप्टेम्बरसम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना छ ।

यसको प्रभावले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif