Sunday, 23rd August, 2026
वि.स.

नेपालमा पहिलो पटक कोरोनाबाट पत्रकारको मृत्यु

death-1599531337.jpg

कपिलवस्तुमा एकजना पत्रकारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । कपिलवस्तुको तौलिहवामा रहेर पत्रकारिता गरिरहेका ६२ वर्षीय पत्रकारको मृत्युको कारण कोरोना संक्रमण भएको खुलासा भएको हो ।

मृत्यु भएका पत्रकारमा उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या थिए । मृत्युपश्चात स्वाब संकलन गरेर बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif