Sunday, 23rd August, 2026
वि.स.

नेपालमा कोरोना संक्रमितको संख्या लाख नाघ्यो

corona-1-1602240989.jpg

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुनेको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५९  जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा एक लाख ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६  जना रहेका छन् भने होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय पुगेको छ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif