Sunday, 16th August, 2026
वि.स.

नेपालमा ओमानी रियालको कारोबार गर्न पाइने

1948688989omani-rial-new-1732253120.jpg

नेपालमा ओमानी रियालको अन्य विदेशी मुद्रा जस्तै कारोबार गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले ओमानी रियाललाई पनि परिवत्र्य विदेशी मुद्रा तोकिएको जनाएको छ ।

विदेशी विनिमय ऐनअनुसार ओमानी रियाललाई परिवत्र्य विदेशी मुद्रा तोकिएको भन्दै राष्ट्र बैंकले विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त संस्थाहरूबाट उक्त रियाल सटही गर्न सकिने जनाएको छ । हालको व्यवस्थाअनुसार नेपालमा २० वटा विदेशी मुद्राहरू परिवत्र्य विदेशी मुद्राको हैसियतले कारोबारमा रहेका छन् ।

राष्ट्र बैकले ओमानी रियाललाई अन्य २० देशका मुद्रासँगै सटही हुने सूचीमा राखे पनि कायम गरिएको खरिद तथा विक्री दर राखेको छैन । १ ओमानी रियालको ३५१ दशमलव ०६ नेपाली रुपैयाँ कायम हुने छ । खाडी मुलुक ओमानमा वार्षिक ६ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०