Monday, 31st August, 2026
वि.स.

नेता बानियाँले दिए ३ सय ६० विद्यार्थीलाई कपडा वितरण

बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरका विकट गाँउमा पुगेर ३ सय ६० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका छन। बानियाँले मकवानपुरगढी गाउँपालिका वडा ७ सुकौरामा रहेको जनता माविका ३ सय ६० विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका हुन । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान रुम्बाको सभाध्यक्षता एवं नेता बानियाँको प्रमूख आतिथ्यतामा भएको ट्रयाकसुट वितरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा मकवानपुर गढी गाउँपालिका ७ का वडा अध्यक्ष सूर्यबहादुर रुम्बा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्रबहादुर मोक्तान, पूर्व सदस्य लालबहादुर थिङ, युएसआइडीका सामाजिक परिचालक जनकबहादुर शाही, शिक्षक अभिभावक संघ अध्यक्ष रुपा स्याङतान, प्रधानाध्यापक होमबहादुर नेपाली, नेविसंघ नेता मिलन पुडासैनी लगायतको सहभागिता रहेको थियो । 

नेता बानियाँ, बानियाँ निर्माण सेवा, मोर्डन ईन्फास्ट्रक्चर, शिवम सिमेन्ट र अभिभावकहरुको सहयोगमा ट्रयाकसुट वितरण  गरिएको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०