Saturday, 16th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा (मसाल) द्वारा सरकारलाई दिएको समर्थन फिर्ता

Masal-1608560653.jpg

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। ६ पुसमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ओली सरकारले गरेको संसदको विघटन असंवैधानिक र अप्रजातान्त्रिक समेत भएको हुनाले हामीले विघटित संसदको पुनर्स्थापनाको लागि माग गर्ने र त्यसका लागि संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिएकाे छ।

नेकपाको सरकारलाई दिएको समर्थन नीतिमाथि आधारित रहेको भन्दै मसालले अहिले ओली सरकारले लिएको असंवैधानिक र अप्रजातान्त्रिक कदमपछि समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको छ। संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था भएकोले यसबाट देश र जनताको हितमा काम हुन नसक्ने पनि मसालले स्पष्ट पारेको छ। तर, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता जस्ता प्राप्त सीमित अधिकारसमेत गुम्न नदिन वर्तमान संसदीय व्यवस्थाको रक्षा गर्नुपर्नेमा मसालको जोड छ।

महामन्त्री सिंहले नेकपाको फुटले त्यो संगठनलाई मात्रै नभई सिंगो राष्ट्रलाई नै प्रभाव पार्ने आफ्नो पार्टीको विश्लेषण सही सावित भएको दाबी गर्दै विभिन्न साम्राज्यवादीहरूले देशभित्र गरिरहेको चलखेलप्रति सतर्क गराएका छन्।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०