Monday, 31st August, 2026
वि.स.

नेकपा थाहानगरले भाद्र भित्रमा पूर्णता पाउने, को-को अट्लान् ?

Arun-sangathan-1566879477.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहानगर कमिटिले भाद्र महिना भित्रमा पूर्णता पाउने भएको छ ।

नेकपा थाहानगरका अध्यक्ष अरुण रायमाझीले ९ भाद्रमा पदको शपथ ग्रहणपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै सबैभन्दा पहिलो काम नगर समितिलाई पूर्णता दिने बताए । 

नेकपा थाहानगर कमिटिमा ८१ जना अट्ने बताउँदै अध्यक्ष रायमाझीले जिल्लाले बनाए जस्तै ‘एक व्यक्ति, एक पद’ को कार्यविधि नगरमा पनि बन्ने बताए । कार्यविधि र विधान अनुसार सबैलाई समेटर नगर समितिले पूर्णता पाउने उनले बताए । पूर्व एमाले र पूर्व माओवादीबाट थाहानगरमा प्रतिशत भन्दा पनि सहमतीबाटे नगर कमिटिले पूर्णता पाउने रायमाझीको भनाइ छ । उनले तत्कालिन दुवै पार्टीका कसैलाई पनि विचलित नहुन अनुरोध गर्दै भने–‘सबै सबैलाई समेटेर अघि बढ्छौं ।’

यद्यपि चर्चामा रहँदै आएको पूर्व एमालेको ६०, पूर्व माओवादीको ४० प्रतिशत संगठनमा सहभागिता भने मकवानपुरमा कार्यान्वयनमा आएको छैन । 
नगर कमिटि गठनको लागि तत्कालिन दुवै पार्टीको नगर सचिवालय, नगरमा रहेका जिल्ला सदस्यहरु र दुई जना प्रदेश सदस्य सहितको बैठकबाट खाका तयार गरिने नगर सचिव सानुकाजी गोपालीले बताए । कार्यविधि अनुसार एक पद एक व्यक्तिको अवधारणा ल्याइएकोले विवाद रहित ढंगबाट नगर कमिटि चुन्न सकिने गोपालीको दाबी छ । 

त्यसैगरी जिल्लामा विभिन्न ३१ विभाग रहेकोले नगरमा पनि विषय विज्ञताको आधारमा नगर कमिटि बाहेक अरु १५ भन्दा बढि विभागहरु गठन हुने भएकोले त्यसमा पनि कार्यकर्ताले स्थान पाउने गोपालीले बताए ।


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०