nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा एमाले दशौँ महाधिवेशन : थाहानगरबाट आठ सय कार्यकर्ता सहभागी हुने

thahanagar-10th-afhibesha-1637766956.jpg

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा चितवन ढाक्ने लक्ष्यअनुसार मकवानपुरका लागि ३० हजार सहभागी तोकिएकोमा थाहानगरबाट आठ सय सहभागी हुने भएका छन् । 

८ मंसिरमा थाहानगरको थानाबजारमा बसेको एमाले अगुवा नेताहरुको बैठकपछि एमाले प्रदेश कमिटी सदस्य बरिना बलले थाहानगरबाट १५ वटा बस, १४ वटा साना सवारी  र ५० बढी मोटरसाइलमा गरी आठ सय बढी कार्यकर्ता सहभागी हुने जानकारी दिइन् । ‘१५ वटा बसमा ६००, साना सवारीमा ८० र  मोटरसाइकालमा करिब सय बढी गरी करिब ८ सय कार्यकर्ता चितवनमा जानेछन्’ उनले भनिन् । 

एमाले थाहानगर अध्यक्ष अच्युत्तमप्रसाद ढकालका अनुसार थाहाको प्रत्येक वडामा एक बसका अतिरिक्त वडा नं. ६, १० र १२ बाट  थप बसहरुमा सहभागीहरु चितवन प्रस्थान गर्नेछन् । ‘बसको व्यवस्था वडाका कार्यकर्ताहरु आआफैले गरेका छन्’ उनले भने । 

ढकालका अनुसार महाधिवेशनमा जाने सबै सहभागीहरुका लागि भैंसेस्थित त्रिखण्डी उद्यानमा खानाको व्यवस्था गरिएको छ । ‘त्रिखण्डीमो पिकनिक छ, त्यहाँबाट हामी एकसाथ अघि बढ्छौँ’ उनले भने । 

एमालेको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन इच्छुकहरुले सम्पर्क गरेको खण्डमा अझै थप यातायातको व्यवस्था गर्न सकिने एमाले थाहानगरका उपसचिब सुजन रायमाझीले जानकारी दिए ।

नेकपा एमालेका नेता एवम् स्थानीय समृद्धिका अभियन्ता सुभाषचन्द्र ठकुरीको एमाले केन्द्रीय सदस्यमा उमेदवारी रहेकोले पनि थाहानगरले बढी भन्दा बढी सहभागी गराउने निर्णय गरेको छ । थाहानगरबाट प्रस्थान गर्दासम्म करिब एक हजार कार्यकर्ता सहभागी हुने एमाले थाहानगर इन्चार्ज विष्णुप्रसाद ढकालले बताए । 

थाहानगरबाट ठूलो सङ्ख्यामा यातायात साधन परिचालन गरिने भए पनि पार्टी संगठनबाहिर कसैसँग चन्दा तथा अन्य सहयोगका लागि याचना नगरिएको एमाले थाहानगरका सचिब कुमार नेगीले बताए । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)