Thursday, 20th August, 2026
वि.स.

नेकपा एमाले थाहानगर कमिटिको संयोजकमा ढकाल 

नेकपा एमाले थाहानगर कमिटिको संयोजकमा विष्णुप्रसाद ढकाल चयन भएका छन् । मुलुक पुर्नसंरचना भए पश्चात् एमालेले पनि नयाँ संरचनामा कमिटि बनाएको हो । नेकपा एमालेको थाहानगरको थानाबजारमा भएको वृहत्त थाहानगर भेलाले ढकाललाई अध्यक्षमा चयन गरेको हो । ढकाल थाहानगरको मेयर पदका लागि चर्चामा रहेका व्यक्ति पनि हुन् । 

भेलाले बुद्धरत्न मानन्धर सहसंयोजकमा चयन भएका छन् । त्यसैगरी यसअघि क्षत्रिय कमिटिमा रहेका थाहानगर सम्पूर्ण पदाअधिकारीहरु, साविकका गाउँ तथा वडा अध्यक्ष तथा पदाअधिकारीहरु, साविक थाहानगर कमिटि तथा सचिवालय सदस्यहरु वृहत्त थाहानगर कमिटिमा सदस्य रहेको गणेशमान श्रेष्ठले जानकारी दिए । 

यस अघि साविक दामन, पालुङ र बज्रवाराही गाविस समेटिएको थाहानगर कमिटिमा अहिले आग्रा, टिष्टुङ र चित्लाङ एकीकृत भएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif