Sunday, 23rd August, 2026
वि.स.

नेकपा (एमाले)का सांसद भीम रावलले पदबाट राजीनामा दिए

thumb-1626605146.jpg

नेकपा (एमाले)का सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् । एमाले विवाद समाधानका लागि क्रियाशील रावलले ३ साउनमा सांसद पदबाट राजीनामा दिएका हुन् ।

रावलले भने- 'संसद् सचिवालयमा राजीनामा बुझाएको छु ।' उनी एमालेले गठन गरेको विवाद समाधान कार्यदल सदस्य थिए ।

३ साउनमा बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छन् । अध्यक्ष केपी ओली पक्षले भने संसदीय दलको बैठकबाटै देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । नेपाल समूहमा सक्रिय हुँदै आएका रावलले संसद् बैठकअघि राजीनामाको घोषणा गरेका हुन् । इकान्तिपुरबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif