Saturday, 22nd August, 2026
वि.स.

नेकपा (एकीकृत समाजवादी) को पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल

20210826_181600_bFAGpQ38N-1629990639.jpg

नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० सम्बद्ध पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ । 

सङ्गठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता आज सम्पन्न भेलाले सङ्गठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको छ । उक्त समितिले दुई साताभित्र राष्ट्रिय भेलाको आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने भएको छ । 

भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरू राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, पत्रकार बालकृष्ण चापागाईं, किशोर श्रेष्ठ सहितको उपस्थिति थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif