Sunday, 17th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

निर्वाचन आयोगले भन्यो- उम्मेदवारलाई मनोनयन फिर्ता गर्न धम्की नदेऊ

1642410877-1651227457.jpg

निर्वाचन आयोगले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन धम्की आएको सूचना प्राप्त भएको भन्दै आपत्ति जनाएको छ । आयोगले एक विज्ञप्तिमार्फत यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने स्पष्ट पारेको छ ।

‘वैशाख १६ उम्मेदवारको नाम फिर्ता लिने सम्बन्धमा स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराउनु भएका कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानुन र लोकतन्त्रमाथि आघात पुर्याउने भएकोले यस्ता हर्कत नगर्न नगराउन आयोग सरोकारवालाहरु सबैप्रति आग्रह गर्दछ।’

आयोगले आफूलाई उम्मेदवारी फिर्ता लिन इच्छा लागेमा राजीखुशीले मात्रै फिर्ता लिनसक्ने व्यवस्था रहेको जनाएको छ । कुनै दलको तर्फबाट मनोनयन पत्र दर्ता भएको उम्मेदवारको हकमा तोकिएको पदाधिकारीले नाम फिर्ता लिने गरी लिखित रुपमा लेखी पठाएमा पनि उम्मेदवारको नाम फिर्ता हुने भन्दै आयोगले यस बाहेकको अन्य कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने स्पष्ट गरेको छ । 

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने संवैधानिक दायित्व पूरा गर्न आयोग कटिबद्ध रहेको पनि जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०