Sunday, 23rd August, 2026
वि.स.

नारायणीले बगाएको गैँडाको केटो भारत पुग्यो

keto-1601098248.jpg

नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट बाढीले केटो बगाएको हो । निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार तीन वर्षको केटोलाई नदीले बगाएको हो ।

बाढीले केटोलाई बगाएर भारत पुर्याएको उहाँले जानकारी दिनुभयो । भारत पुगेको केटोको अवस्थाबारे अहिलेसम्म जानकारी पाउन नसकेको र भेटिएपछि खबर गर्न भनेको पनि अधिकारीले बताउनुभयो । विसं २०७४ सालको साउनमा आएको बाढीमा बगेर निकुञ्जका गैँडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए ।

निकुञ्जले यसरी बगेका र ज्यूँदै रहेका १३ वटा गैँडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।रासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif