Friday, 28th August, 2026
वि.स.

नाम र चुनाव चिन्हबारे कुनै उजुरी परकै छैन: आयोग

Election-Commision-Nepal1-1608826149.jpg

नेपाल कम्युनिष्ट पार्टी विभाजित भएर प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल विभाजित भैसकेका छन्।

दुवै पक्षले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक गरेका छन्। साथै एक अर्कालाई कारबाही गरेको सूचना निर्वाचन आयोगमा दिएका छन्। तर आयोगले अहिलेसम्म नाम र चुनाव चिन्हबारे कुनै उजुरी नपरेको जनाएको छ।  दुबै पक्षका नेताहरूले सूर्य चुनाव चिन्हबारे दाबी गरिरहेका छन्। 

'बाहिर आयोगले चुनाव चिन्ह कसलाई दिन्छ भनेर सुरू भैसकेको छ तर हामीले उजुरी नपरी निर्णय गर्न मिल्दैन', आयोगका एक आयुक्तले सेतोपाटीसँग भने, 'अहिलेसम्म दुबै पक्षले जे जति कागजपत्र पठाएका छन्। ती सबै जानकारीका रूपमा आएका छन्।'

निर्वाचन आयोगमा सबभन्दा पहिला ओली पक्षले केन्द्रीय समिति विस्तार गरिएको सूचना दिएको थियो। लगत्तै ओलीलाई कारबाहीको सूचना आयोगमा प्रचण्ड-नेपाल पक्षले दिएको थियो। त्यस्तै, माधव नेपाललाई अध्यक्ष बनाइएको जानकरी पनि आयोगमा पुगेको छ। प्रचण्ड-नेपाल पक्षले भने पार्टीको केन्द्रीय समिति ३३४ सदस्यीय भएको जानकारी आयोगमा पठाएको छ। 

'नाम चाहियो, झण्डा चाहियो भन्ने मुद्दा मामिला छैन', आयोगका ती आयुक्तले भने , 'हामीले के निर्णय दिनु!' निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न प्रचण्ड र नेपाल पक्ष शुक्रबार निर्वाचन आयोग जाँदैछ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०