Sunday, 30th August, 2026
वि.स.

नाम तल राख्दा बाबुरामको उचाइ बढेको छ : कमल थापा

kml-thapa-1591597687.jpg

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता डा. बाबुराम भट्टराईको प्रशंसा गरेका छन् ।जसपा दर्ताको क्रममा चौथो वरियतामा पुगेको विषयमा टिकाटिप्पणी भइरहेका बेला थापाले भट्टराईको पक्षमा ट्विट गरेका हुन् ।पूर्व प्रधानमन्त्री भट्टराईको स्थान लामो राजनीतिक संघर्षले स्थापित गरिसकेको थापाको बुझाइ छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘वरियताका विषयमा डा. भट्टराईलाई केहीले खिसी गरेको पढें । बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ तर उहाँको वरियतारराजनीतिक उचाइ निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन । लामो राजनीतिक यात्रारसंघर्षले समाजमा उहाँको स्थान कायम भैसकेको छ । एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाइ अझै बढेको देखिन्छ ।’



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०