Monday, 24th August, 2026
वि.स.

नक्‍कली बिरामी बनाएर कालोबजारी गर्ने चालक र एम्बुलेन्स नियन्त्रणमा

ambulance-1585218538.jpg

लकडाउनको समयमा झापामा एम्बुलेन्सको दुरुपयोग गर्दै चालकले यात्रु बोकेको भेटिएको छ। यात्रुलाई नक्‍कली बिरामी बनाएर बोकेको एउटा एम्बुलेन्स प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ ।  

भद्रपुरबाट विराटनगरतर्फ जाँदै गरेका को२च १२६६ नम्बरको एम्बुलेन्सले यात्रुलाई नक्‍कली बिरामी बनाएर लगिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेले पूर्वपश्चिम राजमार्गमा चेकजाँचको क्रममा उक्त एम्बुलेन्स नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार विराटनगरस्थित परिवर्तन समाज कल्याण ट्रस्टको एम्बुलेन्स अजय सरदारले विराटनगरबाट बिरामी बोकेर भद्रपुर गएका थिए । भद्रपुरबाट त्यसैगरी पाँचजना यात्रु हालेर उनी विराटनगर फर्किने क्रममा प्रहरीले पक्राउ गरेको हो ।  

प्रहरीले सवारीसाधन चेकजाँच क्रममा सोधपुछ गर्दा एम्बुलेन्समा सवार सबै यात्रु एकै परिवारका सदस्य थिए । प्रवक्ता श्रेष्ठले भने, ुउनीहरू ससुरालीबाट घर फर्किँदै गरेको बताएका छन् । उनीहरूले ९ हजार भाडा तिरेर भद्रपुरदेखि विराटनगरसम्म गएका थिए । 

प्रचलित एम्बुलेन्सको भाडा दर भने ४३ सय रुपैयाँ रहेको छ। यता चालक सरदारसहित एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा आवश्यक कारबाहीका लागि राखिएको श्रेष्ठले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०