Tuesday, 25th August, 2026
वि.स.

धादिङकी कोरोना संक्रमित महिलाको गाउँ 'सिल'

dhading-1591167083.jpg

 मंगलबार कोराना संक्रमण देखिएकी धादिङकी महिलाको गाउँ सिल गरिएको छ। धादिङको सिद्धलेक गाउँपालिका ५ की २३ वर्षीय गर्भवती महिलामा कोरोना भाइरस संक्रमण देखिएको पछि जिल्ला सुरक्षा समितिले सिल गरेको हो । 

सिद्धेलक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालसहित बसेको जिल्ला सुरक्षा समितिको वैठकले गाउँमा स्थानीय प्रशासन ऐन अनुसार सिल गरी निषेधाज्ञा जारी गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अस्मान तामाङले जानकारी दिए ।

वडा नं ५ कुम्पुर हिटी गाउँको पूर्वमा गनगने चौतारा, पश्चिममा चिप्ले डाँडा, उत्तरमा सुकौरा खोला र दक्षिणमा आँख्ले चौतारो बीचको सीमाक्षेत्र सिलल गरिएको छ । कोरोनाको संक्रमण देखिएकी महिला गत जेठ १४ गते जिल्ला अस्पताल धादिङवेशी आएकी थिइन् । उनलाई आफन्तले थप उपचारका लागि थापाथलीस्थित प्रसूतिगृह लगिएको थियो। उपचारका क्रममा उनलाई त्यही संक्रमण देखिएको थियो । 

गाउँकी स्थानीय महिलालाई कोरोनाको संक्रमण देखिएपछि उनको यात्रा विवरण र उनीसँग सम्पर्क रहेका व्यक्तिको थप विवरण गाउँपालिकाले संकलन गर्न थालेको छ । सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले भने, वडा अध्यक्ष दिलबहादुर घलेको संयोजकत्वमा संक्रमित महिलाको यात्रा विवरण र सम्पर्क रहेका व्यक्तिकोक खोजपहिचान कार्य सुरु गरेका छौँ ।

सिल गरिएको गाउँमा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । आगामी जेठ २४ गते रातीसम्म गाउँमा कसैलाई पनि पस्न नदिइने र गाउँबाट बाहिर निस्कन पनि नदिइने गाउँपालिकाले जनाएको छ ।

संक्रमित महिलाको सम्पर्कमा आएका सबै व्यक्तिको पीसीआर परीक्षण गरिने अध्यक्ष सिलवालले जानकारी दिए। वडा अध्यक्षका अनुसार पीसीआर परीक्षण गराउनका लागि स्वास्थ्य कार्यलय धादिङलाई जिम्मेवारी दिइएको छ । 

स्वास्थ्य कार्यलय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले भने, पहिलो चरण उहाँको घर परिवार र नियमित सम्पर्कमा रहेकाको पीसीआर परीक्षण हुनेछ, त्यसको नतिजाको आधारमा थप परीक्षण गरिनेछ।

ती महिलालाई काठमाडौं लैजाने एम्बुलेन्सको खोजि भइरहेको गाउँपालिकाले जनाएको छ ।धादिङ जिल्लाका स्थानीयमा देखिएको यो चौथो संक्रमण हो ।यसअघि धादिङ जिल्लाका तीनजनामा संक्रमण देखिएको भएपनि उनीहरु सबैजना उपचारपछि घर फर्किसकेका छन् । यसअघि संक्रमण देखिएका तीनैजनामा जिल्ला भित्र संक्रमण नभएको र उनीहरुमार्फत पनि अरुलाई संक्रमण नभएको पुष्टि भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif