Monday, 24th August, 2026
वि.स.

धादिङका १ पुरुषमा मृत्युपश्चात् कोरोना पुष्टि

test-123-1597225890.jpg

धादिङका १ पुरुषमा मृत्युपश्चात् कोरोना पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराउँदा गराउँदै उनको मृत्यु भएको थियो ।

धादिङको नीलकण्ठ नगरपालिका( १४ का ती व्यक्ति धादिङबेँसी–काठमाडौं रुटमा गाडी चलाउने चालक रहेको र लकडाउनपश्चात् सवारीसाधन नचलेपछि गाउँमा नै बस्दै आएका थिए ।

रिपोर्ट पोजिटिभ देखिएका कारण उनको शव अस्पतालले सेनाको जिम्मा लगाउने तयारी गरेको परिवारले जानकारी दिए ।

निमोनियाको शंका लागेपछि सोमबार बिहान उपचारका लागि उनलाई जिल्ला अस्पताल धादिङबेँसी पुगेको र त्यहाँ प्रारम्भिक उपचार र एक्सरे गर्दा फोक्सोमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०