Monday, 24th August, 2026
वि.स.

धादिङका युवक डिस्चार्ज भए पनि तर घर जान पाएनन्

Sukraraj-1587562197.jpg

अस्पतालले डिस्चार्ज गरे पनि आफन्तहरु लिन आउन नभ्याएपछि धादिङका ३४ वर्षीय युवक १० वैशाखमा घर जान पाएनन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक सागर राज भण्डारीको अनुसार कोही आफन्त लिन नआएपछि उनी घर जान नपाएका हुन् ।

उनले भने, ‘अब यता होटलहरु सबै बन्द छ, कतै बस्न सक्ने कुरा भएन, लकडाउनको कारण धादिङबाट आफन्तहरु आजै आउन सकेनन् ।’ अस्पतालको निर्देशक राज भण्डारीका अनुसार धादिङमा रहेका उनका आफन्तहरुलाई ढिलो खबर पुगेको कारण तुरुन्त आउन नसकेका हुन् ।

सोही कारण नेत्रावत्री गाउँपालिकाको स्वास्थ्य संयोजकलाई अस्पतालले खबर गरिदिएको छ । गाउँपालिकाले उनलाई लिन बिहीबार एम्बुलेन्स पठाउने जनाएको छ । राजभण्डारीले भने, ‘उनी भोलि घर पुग्छन् ।’



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०