Sunday, 4th October, 2026
वि.स.

धनराज र धनबीरले पाए अभियानको जिम्मेवारी
माओबादी केन्द्रलाई फेरी ठुलो झट्का

नेकपा एमाले इन्द्रसरोबर गाउँपालिका वडा नं ४ र ५ मा दुई अभियान टोलीलाई नेपालको झण्डा सहित नेकपा एमालेले अभियानको जिम्मेवारी दिएको छ । संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान २०७३ अन्तरगत ९ पौषमा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमले इन्द्रसरोबर गाउँपालिका वडा नं ४ मा धनबीर स्याङ्तान र वडा नं ५ मा धनराज महर्जनको नेतृत्वमा अभियान सञ्चालनका लागि जिम्मेवारी प्रदान गरेको हो ।

संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान फाखेलका प्रमुख राजुमान महर्जनको अध्यक्षता, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यता र ब्यबस्थापिका संसद सदस्य एवम् केन्द्रीय सुशासन आयोग अध्यक्ष सुभाषचन्द्र ठकुरीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान इन्द्रसरोबर गाउँपालिका प्रमुख मदन दाहाल उपप्रमुख हिदम लामा वडा नं १ मार्खु संयोजक डिके पुडासैनी, वडा नं २ कुलेखानी प्रमुख जीवन लामा, वडा ३ सिस्नेरी प्रमुख ऋषिराज पुडासैनी लगायतले बोलेका थिए। 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष मुनु सिग्देलले एमाले पार्टी आमा ठुलीमाया बलको स्मरण गर्दै उनैको योगदानले आज एमालेको उचाइ चुलेको र उहाले गर्नु भएको योगदानको खुलेर प्रशंसा गरे । साथै जिम्मेवारी पाएका अभियान टोलीका प्रमुखहरूलाइ आफ्नो जिम्मेवारी बहन गर्न र सबै पार्टी सदस्यहरुलाइ अभियान सफल पार्न निर्देशन समेत दिए । तत्कालीन कोर्डिनेशन कमिटिको ऐतिहासिक बैठक समेत संचालन भएको एमालेको उर्बर भुमी फाखेलमा त्यस बेला देखि हाल सम्म योगदान गर्दै आउनु भएका बयोबृद्द सानुकान्छा लामाको उपस्थितिले पार्टीको कार्यक्रम अझ सफल भएको उनको टिप्पणी थियो। 

यसैबीच कार्यक्रमका बिशेष अतिथी सुबासचन्द्र ठकुरीले नेकपा एमालेकै कारण अहिले देश समृद्धि तर्फ उन्मुख भएको र एमाले नै देशमा विकास निर्माण र जनजनको हितमा लागि पर्ने पार्टी रहेको जिकिर गरे । एमालले नेतृत्व लिएर सञ्चालनमा रहेको योजनाहरुको उदाहरण र चर्चा गर्दै एमाले बिना देश बिकास असम्भव रहेको समेत उनले ठोकुवा गरे । 

यसै बीच सोही कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरि एमाले प्रबेश गरेका एक दर्जन कार्यकर्ताहरुलाइ खादा र अबिर लगाइ पार्टी प्रबेश गराएका थिए । पार्टी प्रवेश कार्यक्रमले माओवादी केन्द्रलाई ठूलो झ्टका लागेको एमालेको ठहर छ ।

पुस्कल गोले सागर



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०