Saturday, 15th August, 2026
वि.स.

दोस्रो थाहानगर वडास्तरिय भलिबल प्रतियोगितामा ८ टिम क्वाटर फाइनलमा

मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन भैरहेको “दोस्रो थाहानगर वडा स्तरिय भलिबल प्रतियोगिता २०७६” मा ८ वटा टिम क्वाटर फाइनलमा पुगेको छ ।  ७ फागुनमा भएको खेलबाट हिमाली डाँफे युवा क्लब, स्वच्छन्द भैरव, कोट डाँडा, पुपुमेन्दो, आग्रा स्पोर्ट, विनयबाबु, थाहा २ र थाहा ३ युवा क्लबको टिम क्वाटरफाइनलमा गएको आयोजक समितिका सचिव जितेन्द्र मगरले जानकारी दिए ।

हिमाली डाँफे युवा क्लबको आयोजनामा यहि मिति २०७६ फागुन ५ गतेदेखि सञ्चालन भैरहेको प्रतियोगिता ९ गते सम्म सञ्चालन हुने आयोजक टिमका सचिब जितेन्द्र मगरले जानकारी दिए । प्रतियोगिता थाहा नगरपालिका वडा नं १० स्थित क्लबको खेल मैदानमा सञ्चालन भैरहेको छ । वि.सं. २०५६ सालमा स्थापना भएको हिमाली डाँफे युवा क्लबले गतवर्ष देखि खेलकुद तथा सामाजिक विकासमा उत्कृष्ट कार्य गर्ने योजना सहित अघि बढिरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif