Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

देशभरका ५३ स्थानीय तह कोरोनामुक्त

मुलुकका ५३ स्थानीय तह कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ साउनमा आयोजना गरेको प्रेस ब्रिफिङका अनुसार मुलुकमा आठ जिल्लाका ५३ स्थानीय तह कोरोना मुक्त भएका हुन्।

मन्त्रालयका अनुसार धनकुटाका ४ गाउँपालिका र ३ नगरपालिका गरी ७, पाँचथरका ७ गाउँपालिका र १ नगरपालिका गरी ८, भोजपुरका ७ गाउँपालिका र २ नगरपालिका गरी ९ र रसुवाका ५ स्थानीय(गाउँपालिका)तह कोरोना मुक्त भएका छन्।

यस्तै मनाङका ४, मुस्ताङका ५, जुम्लाका १ नगरपालिका र ७ गाउँपालिका गरी ८ र हुम्लाका ७ स्थानीय तह(गाउँपालिका) कोरोना मुक्त भएका हुन्।

मन्त्रालयले आइतबार सर्वजनिक गरेको तथ्यांकअनुसार ८ जिल्ला कोरोना मुक्त, ६ जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी, १५ जिल्लामा ५१ देखि २०० र बाँकी ४८ जिल्लामा एकदेखि ५० सम्म छ।

मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार ७ जिल्लामात्र कोरोना मुक्त थिए। तर आइतबार जुम्ला पनि थपिएर कोरोना मुक्त हुने जिल्लाको संख्या ८ पुगेको हो।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०