Sunday, 23rd August, 2026
वि.स.

दूरी कायम गरेर विकास निर्माण कार्य सुचारु गर्ने राक्सिराङको निर्णय

raxirang-press-manaharili-1587471286.jpg

राक्सिराङ गाउँपालिकाले सामाजिक दुरी कायम राखेर विकास निर्माणका कामहरु सुचारु गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा प्रकाशित विज्ञप्तीमा विकास निर्माणका कार्यहरु अघि बढ्ने उल्लेख छ ।

त्यसैगरी गाउँपालिकाले गाउँघरमा कृषि उपजहरुको उत्पादनका लागि आवश्यक मलखाद, बीउबिजन, औषधी तथा खाद्यान्नहरुको नियमित आपूर्तिका लागि सहजीकरण गर्ने जनाएको छ । त्यस्ता सामाग्रीहरु बोक्नका लागि सम्बन्धित वडा कार्यालयको सिफारिसमा गाउँ कार्यपालिकाको कार्यालयबाट ढुवानी अनुमति पत्र जारी गरिने विज्ञप्तीमा उल्लेख छ ।

साथै गाउँपालिकाले आवश्यक रासायिनिक मलको आपूर्तिका लागि स्थानीय सहकारी संस्थाहरु र क्लवहरुले पहलकदमी लिने र व्यवस्थापन सहज बनाउने तयारी गरेको अध्यक्ष मल्लद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

हाल मनहरी बजारबाट चैनपुर पुग्नका लागि मनहरी खोलाको किनार हुँदै चैनपुरसम्म र मनहरी बजारबाट प्याङ्चे हुँदै चैनपुर पुग्ने सडक खण्ड दुबै चालू रहेकाले बर्षातको समस्यालाई समेत मध्यनजर गरी खोला किनारको बाटो प्रयोग नगरी मनहरी–प्याङ्चे–चैनपुर सडक खण्ड मात्र प्रयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

विज्ञप्ती:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०