Wednesday, 26th August, 2026
वि.स.

दुर्घटनामा प्रहरी जवानको मृत्यु

death-body-1620192202.jpg


सुनसरीको इटहरीमा मङ्गलबार राति भएको सवारी दुर्घटनामा परेर एक प्रहरी जवानको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको पिकअप गाडीले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीका अनुसार इटहरी उपमहानगरपालिका–६ मा को १ च ७८१६ नम्बरको पिकअपले को २० प ४६८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवान खड्कालाई उपचारका लागि पुर्याउनसाथ राति ९ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले मृत घोषित गरेको जानकारी कार्कीले दिए । झापाको कचनकवल गाउँपालिका–६ घर भएका खड्का सुनसरीको इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत थिए ।

दुवै सवारी साधन र पिकअप चालक तेह्रथुमको लालीगुराँस नगरपालिका–६ का ४६ वर्षीय भगतबहादुर लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको डीएसपी कार्कीले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif