Monday, 24th August, 2026
वि.स.

दुई नेपालीलाई कतारमा जनही १५ हजार रियाल पुरस्कार

qutar-1592469150.jpg

एक दशकदेखि कतारमा इमान्दारीपूर्वक काम गर्ने दुई नेपालीले जनही १५ हजार कतारी रियाल पुरस्कार पाएका छन् ।

कतारमा रहेको नासर अल अली इन्टरप्राइसेस कम्पनीले कम्पनीमा रहेर इमान्दारीपूर्वक काम गरेको भन्दै पश्चिम नेपालका नुनबहादुर दर्जी र धनुषाका रामशंकर दास बनोधियालाई नगद प्रदान गरेको हो । उनीहरुलाई नासर अल अली इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीले पुरस्कार वापतको रकम प्रदान गरेका थिए ।

पुरस्कार पाउने दर्जी नासर अल अली इन्टरप्राइसेस कम्पनीमा कन्स्टक्सनमा काम गर्न नेपालबाट २००९ मा आएका थिए । उनले पछि राम्रो काम गर्दै गएपछि ट्रेड वर्करभए । अहिले कार्पेन्टर मेसनरीदेखि सवै काममा पोख्त उनी पोख्त छन् । दर्जीले पुरस्कारवापत पाएको रकम आफ्नो छोरा छोरीको शिक्षाका लागि उपयोग गर्ने बताए ।

त्यस्तै रामशंकले पनि कम्पनीमा १२ वर्ष विताइसकेका छन । पुरस्कार पाउदा उनी पनि खुसी छन् । उनले बैदेशिक रोजगारबाट कमाएको पैसाले परिवारको आवश्यकता पुरा गर्नुका साथै शिक्षामा समेत खर्च गरेको जानकारी दिए । पुरस्कार वापतको पैसा छोरीको पढाईमा खर्च गर्ने उनले बताए । पुरस्कार पाउने दुवैजनाले कम्पनीका मालिकले अप्ठेरो पर्दा सहयोग पनि गर्ने गरेकोबताए ।

कम्पनीले बेलाबेलामा कम्पनीमा कार्यरत कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र दिने गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif