Tuesday, 25th August, 2026
वि.स.

दुई जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५९ पुग्यो

c-1588324923.jpg

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिएका छन् । 

दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि डा। अधिकारीले जानकारी दिए ।

रुपेन्देहीका युवाको भैरहवास्थित क्षेत्रीय प्रयोगशालामा र बाँकेका ५० वर्षीय पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो । कोरोना पुष्टि भएपछि दुवै जनालाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा पठाइएको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै हालसम्म कोरोना संक्रमणपछि १६ जना निको भएर घर फर्किइसकेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif