Monday, 24th August, 2026
वि.स.

दामनपालुङमा देखिएको सलह विसिंखेलमा देखियो

fatyannn-1593527291.jpg

मकवानपुर थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको आकाशमा सलहको हुल देखिएको छ । 

१५ असारमा थाहा नगरपालिका वडा नम्बर २ को ठूलोबेशी फाँट र ३ घर्तिखोला डाँडागाउँ क्षेत्रको आकाशमा सलह किराको हुल देखिएको कृषक सुदर्शन कार्कीले बताए ।  

थाहानगरको दामन पालुङ क्षेत्रमा केही मात्रामा खेतबारीमा पनि सलह बसेको किसानहरुले बताए । ‘सलह थोरै संख्यामा खेतबारीमा देखिएको छ तर क्षति पु¥याइसकेको छैन’– कृषक योगेश बर्तौलाले भने । 

यसैबीच पालुङ क्षेत्रमा देखिएको भोलिपल्टै चित्लाङ विसिङ्खेलको आकाशमा ठूलो संख्यामा सलह देखिएको कृषि प्राविधिक कमला सुवेदीले बताइन् । वडा नम्बर १० को बालीमा भने क्षति नपु¥याएको उनको भनाइ छ । खेतबारीमा थोरै संख्यामा सलह देखिएको स्थानीय कृषक उद्धव लामिछानेले फेसबुक स्टाटस लेखेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif