Sunday, 23rd August, 2026
वि.स.

थाहा-७ मा माओवादीनिकट महिलाकाे भेला, वडा कमिटी गठन

IMG_20210904_210348-1630769019.jpg

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगरपालिका वडा नम्बर ७ मा चित्र कुमारी मोक्तानको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुर जिल्ला कमिटि सदस्य तथा थाहा नगर इन्चार्ज शकुन्तला गोपालीको प्रमुख आतिथ्यतामा थाहा ७ को देउखेलमा सम्पन्न भेलाले उपाध्यक्षमा सुन्तली माया गुरुङ, सचिबमा सबिना तामाङ, कोषाध्यक्षमा मिना कुमारी स्याङ्तान, सहसचिबमा उर्मिला थिङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा कुमारी मोक्तान, जानकी गुरुङ, रिता ठकुरी, मेनुका कार्की, पबित्रा परियार, बिमला थिङ, सुशिला गोले थिङ लगायत चयन हुनुभएको छ ।

भेलामा नेकपा माओबादी केन्द्र थाहा नगर कमिटि सचिवालय सदस्य तथा वाईसीएल बागमती प्रदेश सदस्य दिपेन्द्र कुमार थिङ, ७ नम्बर वडा अध्यक्ष रामबहादुर स्याङ्तान, वाईसीएल मकवानपुर जिल्ला कमिटि सदस्य गुमान सिं मुक्तान (अरुण) लगायतको आतिथ्यता रहेको थियो ।

माओवादी केन्द्र थाहा ७ नम्बर वडा कमिटि सदस्य सुन्तलि माया गुरुङको अध्यक्षता र माओवादी केन्द्र ७ नम्बर वडा कमिटि सचिब मोहन सम्सेर थिङले संचालन भएको भेलामा हरिमाया बि.क. ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियोे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif