nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा-६ मा तरुण दल र महिला संघकाे समिति गठन

99c3e07cc9462e3ba57147753-1641707836.jpg

थाहा नगरपालिकाकाे वडा नम्बर ६ मा नेपाली काँग्रेसकाे भातृ संगठन महिला संघ र तरुण दलकाे वडा समिति गठन गरिएकाे छ । 

वडा नम्बर ६ मा आयाेजित युवा तथा महिलाहरुकाे भेलाबाट समिति गठन गरिएकाे हाे । 

बिजुली माया गोपालीको अध्यक्षतामा१५ सदस्यीय नेपाल महिला संघ र पञ्चलाल स्याङ्तानको अध्यक्षतामा ५१ सदस्यीय नेपाल तरुण दलको वडा समिति गठन गरिएको नेपाली काँग्रेस नगर सभापति प्रमाेद जाेशीले जानकारी दिए । 

कार्यक्रममा नेपाली काँग्रेस मकवानपुर क्षेत्र नं २ (क) का उपसभापति ईश्वरी शाही ठकुरी, रामकृष्ण लामिछाने, पुरुषोत्तम विक,  नगर सभापति जोशी, वडा सभापति कालीचरण अधिकारी,  वडा पदाधिकारीहरु तथा कृयाशिल सदस्यहरुको उपस्थिति रहेकाे थियाे । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)