Thursday, 20th August, 2026
वि.स.

थाहा-६ मा तरुण दल र महिला संघकाे समिति गठन

99c3e07cc9462e3ba57147753-1641707836.jpg

थाहा नगरपालिकाकाे वडा नम्बर ६ मा नेपाली काँग्रेसकाे भातृ संगठन महिला संघ र तरुण दलकाे वडा समिति गठन गरिएकाे छ । 

वडा नम्बर ६ मा आयाेजित युवा तथा महिलाहरुकाे भेलाबाट समिति गठन गरिएकाे हाे । 

बिजुली माया गोपालीको अध्यक्षतामा१५ सदस्यीय नेपाल महिला संघ र पञ्चलाल स्याङ्तानको अध्यक्षतामा ५१ सदस्यीय नेपाल तरुण दलको वडा समिति गठन गरिएको नेपाली काँग्रेस नगर सभापति प्रमाेद जाेशीले जानकारी दिए । 

कार्यक्रममा नेपाली काँग्रेस मकवानपुर क्षेत्र नं २ (क) का उपसभापति ईश्वरी शाही ठकुरी, रामकृष्ण लामिछाने, पुरुषोत्तम विक,  नगर सभापति जोशी, वडा सभापति कालीचरण अधिकारी,  वडा पदाधिकारीहरु तथा कृयाशिल सदस्यहरुको उपस्थिति रहेकाे थियाे । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०