thahatimes-ad-thekka-1731652826.jpg
Friday, 13th December, 2024
वि.स.

थाहा राष्ट्रपति रनिङशील्ड : जनकल्याण जहिल्यै जीतमा, आफ्नै कीर्तिमानी ताेड्याे ( सम्पूर्ण पदकसहित)

थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माविले अहिलेसम्मकै पदकको रेकर्ड तोड्दै थाहानगर राष्ट्रपति रनिङ शिल्ड, २०८१ को उपाधि चुमेको छ । जनकल्याणले थाहानगर राष्ट्रपति रनिङ शिल्ड, २०८१ मा २८ स्वर्ण पदकसहित ८ रजत र १० काश्य पदक पाएको छ । जनकल्याणले राष्ट्रपति रनिङ शिल्ड, २०८० को प्रतियोगितामा १७ र २०७९ को प्रतियोगितामा १५ स्वर्ण सहित उपाधि जितको थियो । गत ६ वर्षको साविक विजेता समेत रहेको जनकल्याण माविले सातौ पटक अत्याधिक पदकसहित जित आफ्नो पोल्टामा पारेको हो ।

प्रतियोगितामा ८ स्वर्ण ५ रजत १ काश्यसहित स्वच्छन्द भैरव मावि थाहा - ९ चित्लाङ दोस्रो भएको छ । २ स्वर्ण ७ रजत र ९ काश्य पदकसहित सुनौला मावि थाहा - १ तेस्रो भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम भएसंगै जनकल्याण माविले नगद २५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्वितीय भएको स्वच्छन्द भैरव माविले नगद १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतीय भएको सुनौला माविले नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामै अंक जोडिने गरी संचालन भएको मेयरकप भलिबल प्रतियोगिताको छात्रतर्फ स्वच्छन्द भैरव मावि थाहा-९ चित्लाङ प्रथम र द्वितीय मत्स्यनारायण मावि भएको छ । छात्रातर्फ प्रथम मत्स्यनाराण मावि प्रथम र नाटेश्वर मावि थाहा - १० टौखेल द्वितीय भएको छ । दुवै तर्फका प्रथम हुनेले १५/१५ हजार नगद र द्वितीय हुनेले १०/१० हजार नगद, शिल्ड तथा प्रमाणपत्र पुरस्कार पाएका छन् ।

कार्यक्रमका विजयी विद्यालय तथा विद्यार्थी खेलाडीहरुलाई पुरस्कार कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख विष्णु बहादुर विष्ट तथा उपप्रमुख भरत गोपाली र अतिथीहरुले वितरण गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०