nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरस्तरीय खुल्ला उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा १२ टिम भिड्ने

badminton620-1609775946.jpg

मकवानपुरकाो थाहा नगरस्तरीय दोस्रो उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा १२ टिम भिड्ने भएका छन् । थाहा नगरपालिकाको आर्थिक सहयोगमा फरक सोचले आयोजना गर्ने उक्त प्रतियोगिता २१ पुसबाट संचालन हुने संयोजक यादवजंग रायमाझीले जानकारी दिए । 

प्रतियोगिताको उद्घाटन खेल २१ पुस विहान ७ बजे हुने खेल व्यवस्थापक फरक सोचले जनाएको छ । थाहा आन्दोलनका प्रणेता रुपचल्न्द्र विष्टको जन्मोत्सवको अवसरमा गतवर्षबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेल नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रको खेल मैदानमा हुने भएको छ । 

प्रतियोगिता अन्तर्गत उद्घाटन खेल बज्रबाराही र अध्याय रिट्रिट बिच हुने खेल तालिका सार्वजनिक भएको छ । त्यस्तै दोस्रो खेल घर्तीखोला र थाहा नगरपालिका ‘बी’, तेस्रो खेल  नेपाल विद्युत प्राधिकरण पालुङ र थाहा नगरपालिका ‘सी’ तथा चौथो खेल ओम नमः शिवाय र थाहा नगरपालिका ‘डी’ बीच २१ पुसको खेल तालिकामा उल्लेख छ । 

खेल व्यवस्थापक फरक सोचले खेलाडीहरुलाई समयमै उपस्थित हुन आग्रह गरेको छ । 

 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

badminton620-1609775948.jpg