Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिका सक्रिय कोरोनामुक्त

मकवानपुरको थाहा नगरपालिका सक्रिय कोरोनामुक्त भएको छ । अहिले थाहा नगरपालिकामा कोही पनि सक्रिय कोरोना संक्रमित नभएको थाहा नगरपालिकाले जनाएको छ । 

नगरपालिकामा पछिल्लो साता कोरोना संक्रमित नभेटिएपछि  नगरपालिकाद्वारा संचालित बज्रवाराहीस्थित क्वारेन्टाइन खाली छ । लकडाउन हटेसँगै थाहा–६ बज्रवाराहीस्थित ओम अध्याय रिसोर्टको क्वारेन्टाइन हटाइएपछि बज्रवाराहीकै सुमार्गी भवनमा क्वारेन्टाइन निर्माण गरिएको थियो । 
अहिले थाहा नगरपालिकामा होम आइसोलेशनमा पनि कोही नरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए । 

पछिल्लो समय नगरमा कोरोना संक्रमित नभेटिए पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका तयारी अवस्थामै रहेको नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । अहिले नगरपालिकामा कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य तथा सरसफाइसम्बन्धी उपकरणहरु मौज्दात रहेको नगरपालिकाले जनाएको छ । 

यसअघि थाहामा जम्मा एक हजार ४३६ जनामा पिसिआर विधिबाट परीक्षण गरिएकोमा ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कोरोना संक्रमितमध्ये थाहामा २ जनाको मृत्यु भएको थियो । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०