Thursday, 27th August, 2026
वि.स.

थाहा नगरपालिकाले माग्यो विद्यालयसंग विद्यार्थी भर्ना विवरण

मकवानपुर थाहा नगरपालिकाले नगरमा संचालित विद्यालयको विद्यार्थी विवरण मागेको छ । नगरमा रहेका विद्यालयहरुलाई एक सूचना जारी गर्दै नगरपालिकाको शिक्षा शाखाले शैक्षिक सत्र २०७७ को अद्यावधिक विद्यार्थी भर्ना विवरण माग गरेको हो ।

थाहा नगरपालिका शिक्षा शाखाले १९ कात्तिकमा एक सूचना प्रकाशित गरी शाखाबाट विभिन्न शैक्षिक योजना निर्माण गर्न आवश्यक भएकोले विद्यार्थी विवरण माग गरेको जनाएको छ । शाखाले विद्यालयमा हालसम्म भर्ना भएका विद्यार्थीहरुको विवरणको सफ्टकपी र हार्डकपी यही कात्तिक २३ गतेभित्र पेश गर्न विद्यालयहरुलाई सूचित गरेको छ ।

यदि अद्यावधिक विवरण पेश नगरे यसअघि बुझाएको विवरणलाई नै अन्तिम आधिकारिक विवरण मान्ने पनि नगर शिक्षा अधिकारी शोभाकर रेग्मीले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif