Sunday, 23rd August, 2026
वि.स.

थाहा नगरपालिकाले औषधि घरघरमै पुर्‍याउदै

aushadi-1587544223.jpg

थाहा नगरपालिकाले बिरामीहरूलाई औषधि अभाव नहोस् भनेर घरमै पुर्‍याइदिने व्यवस्था मिलाएको छ । त्यस क्षेत्रमा रहेका विभिन्न ‘कडा’ रोगका बिरामीका लागि आवश्यक औषधि किनेर घरघरमै पुर्‍याउने गरिएको हो ।

थाहामा नपाइने औषधि काठमाडौंबाटै ल्याएर घरघरमै पुर्‍याइरहेका छौं,’ मेयर लवशेर विष्टले भने । बिरामीले वडा कार्यालयमा पैसा बुझाउने र सोहीअनुसार काठमाडौंबाट औषधि खरिद गरेर ल्याएर वडामार्फत नै वितरण भइरहेको उनले बताए ।

नगरपालिकाले विदेशबाट फर्किएका ७० जनालाई उच्च निगरानीमा राखिएको समेत जानकारी दिएको छ । नगरका वडाले टोलटोलमा गएर तयार पारेको तथ्यांकअनुसार हाल उनीहरूको नियमित स्थास्थ्य जाँच पनि गरिएको छ । ‘वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा टोल बस्तीको क्लस्टर छुट्याई निगरानी गर्ने व्यक्तिसमेत तोकिएको छ,’ कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सचिवालयका संयोजक शाखा अधिकृत विवेक बिडारीले भने ।

थाहामा विदेशबाट आएका बिरामीहरूलाई उच्च जोखिम, जोखिम र न्य्नू जोखिममा विभाजन गरेर आवश्यक स्वास्थ्य परीक्षण भइरहेको छ । थाहा नगर प्रवेश गर्ने नाकामा समेत स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ ।

-इकान्तिपुरबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०