Saturday, 27th July, 2024
वि.स.

थाहा नगरपालिकामा कुन कुन गाविस गाभिएला ?

स्थानीय तह पुनःसंरचनाको विषयमा १९ कात्तिकमा मकवानपुर थाहानगरको जेसीजसभाहलमा छलफल कार्यक्रम हुने भएको छ । मकवानपुर उत्तरी क्षेत्रको थाहा नगरपालिकामा कुन कुन गाविस गाभ्ने भन्ने विषयमा समेत कार्यक्रममा छलफल हुने बुझिएको छ । 

थाहानगरमा यसअघि जिल्लाको आग्रा, टिष्टुङ र चित्लाङ गाविसलाई गाभ्न पुनःसंरचना आयोगमा प्रस्ताव गरिएको थियो । १९ कात्तिकको छलफललाई पनि पुरानै निर्णयलाई प्रस्ताव हुने बुझिएको छ । छलफलमा स्थानीय राजनीतिक दलका प्रतिनीधिहरु, स्थानीय निकायका  प्रतिनीधिहरु लगायतकाको सहभागिता रहने छ ।