Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिकाबाट ७ व्यक्ति र ६ संस्थागत सम्मान (को–को परे ? हेर्नुहोस् सूची)


मकवानपुर थाहा नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरेको छ । नगरपालिकाले कार्यालयमा प्रभावकारी कार्य सम्पादन गर्ने कर्मचारीदेखि उपभोक्ता समिति समेतलाई सातौं नगगरसभाको अवसरमा सम्मान गरेको हो । 

सम्मानित हुनेहरुलाई नगदसहित कदरपत्रबाट सम्मान गरिएको हो । नगरपालिकाले उत्कृष्ट पुरुष कर्मचारी तर्फ प्रकाशकुमार लामालाई सम्मान गरिएको छ भने उत्कृष्ट महिला कर्मचारीतर्फ नमुनाकला कौशिकलाई सम्मान गरेको छ । 

उत्कृष्ट शाखाः स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी सम्मान ग्रहण गर्दै । त्यस्तै उत्कृष्ट वडा सचिवमा पाल्साङ लामा, उत्कृष्ट वडा सहायक पुर्ण गोले, उत्कृष्ट स्वास्थ्यकर्मी  सीतामाया जिरेल, उत्कृष्ट महिला स्वयंसेविका भुपाकुमारी राई प्रधान, उत्कृष्ट कार्यालय सहयोगी रामदेश श्रेष्ठ घोषित भएका छन् । 

त्यसैगरी थाहा नगरपालिकाको उत्कृष्ट शाखामा स्वास्थ्य शाखा घोषित भएको छ भने  उत्कृष्ठ सामुदायिक विद्यालयमा थाहा–६ को बज्रवाराही मा.वि., उत्कृष्ट संस्थागत विद्यालयमा थाहा–४ को हिमालयन बोर्डिङ स्कूल, उत्कृष्ट बजार व्यवस्थापन समिति थानाबजार व्यवस्थापन समिति, उत्कृष्ट कृषक समूह झम्केश्वरी कृषक समूह, उत्कृष्ट उपभोक्ता समिति शंखमुल नारदतिर्थ उपभोक्ता समिति, उत्कृष्ट गैर सरकारी संस्थामा सिसिडिएन र च्वाइस नेपाल घोषित भएका छन् । 

आर्थिक वर्ष २०७६/०७७ को अवधिमा उल्लेख्य योगदान दिएकाहरुलाई नगरपालिकाले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

हेर्नुहोस् फोटोहरुःउत्कृष्ट पुरूष कर्मचारीः प्रकाश कुमार लामा सम्मान ग्रहण गर्दै ।

उत्कृष्ट वडा सचिवः पाल्साङ लामा सम्मान ग्रहण गर्दै ।
उत्कृष्ट स्वास्थ्यकर्मीः सीतामाया जिरेल सम्मान ग्रहण गर्दै । उत्कृष्ट महिला स्वयंसेविका सम्मान ग्रहण गर्दै । उत्कृष्ट कार्यालय सहयोगीः रामदेश श्रेष्ठ सम्मान ग्रहण गर्दै । उत्कृष्ट  सामुदायिक विद्यालय ः बज्रवाराही मावि सम्मान ग्रहण गर्दै । उत्कृष्ट बजार व्यवस्थापन समिती सम्मान ग्रहण गर्दै । उत्कृष्ट कृषक समूह सम्मान ग्रहण गर्दै । उत्कृष्ट उपभोक्ता समिति सम्मान ग्रहण गर्दै ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०