Sunday, 23rd August, 2026
वि.स.

थाहा नगरपालिकाको बजेट छलफलका लागि ७ दिन समय

sthagit-1593013776.jpg

थाहा नगरसभामा १० असारमा पेश भएको बजेटमाथिको छलफलका लागि आठदिन समय दिइएको छ । 

सभामा उपप्रमुख खड्ग गोपालीले आर्थिक वर्ष २०७७/०७८ को लागि अन्तरिक स्रोत ५ करोड १५ लाख ६० हजार, राजश्व बाँडफाँड १४ करोड ३७ लाख २० हजार, संघीय सरकारबाट अनुदान ५३ करोड २१ लाख, प्रदेश सरकारबाट अनुदान ७ करोड ८२ लाख ४३ हजारको बजेट सभामा पेश गरेका थिए । 

पेश भएको बजेटमाथि छलफल सहित १९ असारमा पास हुने गोपालीले बताए । थाहा नगरले सभामा ८० करोड ५६ लाख ३३ हजारको बजेट पेश गरेको हो । 

नगरसभामा पेश भएको नीति तथा कार्यक्रम भने सर्वसम्मत पास भएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०