Wednesday, 19th August, 2026
वि.स.

थाहा नगरपालिकाका ४ वडाध्यक्षसहित १५ जना जनप्रतिनिधिले दिए राजिनामा

1642410877-1650804197.jpg

थाहा नगरपालिकाका ४ जना निर्वाचित वडा अध्यक्षसहित १५ जना जनप्रतिनिधिले ११ बैशाखमा पदबाट राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा वडा नं. १ का वडा अध्यक्ष हेरमान गाेपाली, वडा नं. २ का वडा अध्यक्ष गुप्तबहादुर कार्की, वडा नं. ५ का वडा अध्यक्ष विष्णुबहादुर गुरुङ, वडा नं. १० का वडा अध्यक्ष हिराबहादुर   गमाल र अन्य वडा सदस्यहरु रहेका छन् । ३० बैशाखमा हुने स्थानीय निर्वाचनमा उमेदवारी मनाेनयन दर्ता गर्ने भएपछि उनीहरुले नियमानुसार राजीनामा दिएका हुन् । 

सबै राजीनामा नियमानुसार आजै स्वीकृत भएकाे थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।

थाहाका राजनीतिक सल्लाहकार विष्णु विष्टले पदबाट दिएकाे राजीनामा पनि११ बैशाखमै स्वीकृत भएकाे नगरपालिकाले जनाएकाे छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif