nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा गोल्डकप शुरु ३२ टिमको प्रतिस्पर्धा

FCCCCCCCC-1610332607.JPG

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा २६ पुसबाट थाहा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको भएको छ । गोल्डकपको थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले उद्घाटन गरे । थाहा नगरपालिकाको मुख्य आर्थिक सहयोगमा संचालन भैरहेको प्रतियोगितामा स्थानीय तथा विभिन्न जिल्लाका गरी ३२ टिमको सहभागिता रहेको छ । 

प्रतियोगिता अन्तर्गत भएको उद्घाटन खेलमा पारिजात मेमोरियल चित्लाङले स्वच्छन्द भैरव युवाक्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ भने डाँडाबास फुटबल क्लब आग्राले शिखरक्लब शिखरकोटलाई २–० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिता नकआउटको आधारमा खेलाइएको हो । 

यसअघि प्रतिगोगिताको उद्घाटन गर्दै थाहानगर उपप्रमुख गोपालीले खेलकुदको विकास गर्न नगरपालिकाले सधै साथ र सहयोग गर्ने बताए । कार्यक्रममा थाहा नगरपालिकाका जनप्रतिनिधि स्थानिय राजनितिक दलका नेता कार्यकर्ता संघ सस्थाका प्रतिनिधि लगाएल खेल प्रेमी सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो । 

ऋषेश्वर ११ क्लब थाहा–४ ले आयोजना गरेको प्रतियोगिता नाइन ‘ए’ साईड खेलाइएको छ ।  प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपियाँ नगद तथा दोस्रो हुने टिमलाई ५० हजार रुपियाँ पुरस्कार राशी रहेको क्लबका सुमन विष्टले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)