nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 17th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा गोल्डकप अपडेट:  आयोजक (ए) र विसिङ्खेल विजयी

Thahaa-Gold-1610348209.jpg

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी थाहा गोल्डकप अन्तर्गत दोस्रो २७ पुसमा भएको खेलमा दुई टिम विजयी भएका छन् ।  

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा आयोजक ऋषेश्वर ११ ‘ए’ मालेडाँडा युवा क्लब आग्रालाई ४–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै दोस्रो खेलमा विसिङ्खेल युवा क्लब चित्लाङले टु इन वान टाहाखेललाई २–० गोल अन्तरले पराजित गरेको छ । 

प्रतियोगिता नकआउटको आधारमा खेलाइएको हो । 

थाहा नगरपालिकाको प्रायोजन तथा ऋषेश्वर ११ क्लब थाहा–४ ले आयोजना गरेको प्रतियोगिता नाइन ‘ए’ साईड खेलाइएको छ ।  प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपियाँ नगद तथा दोस्रो हुने टिमलाई ५० हजार रुपियाँ पुरस्कार राशी रहेको क्लबका सुमन विष्टले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)