Monday, 24th March, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

थाहा गोल्डकप अपडेटः ट्राइबेकरमा टाहाखेल फुटबल टिम विजयी

Football-1610455627.jpg

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी थाहा गोल्डकप अन्तर्गत २८ पुसमा भएको अन्तिम खेलमा टाहाखेल फुटबल टिम विजयी भएको छ । टाहाखेल फुटबल टिम थाहा–२ ले चन्द्र सुर्य फुटबल टिम कैलाश गाउँपालिकालाई ट्राइबेकरमा २–० गोल अन्तरले पराजित गरेको हो ।

नकआउटको आधारमा खेलाइएको प्रतियोगिता थाहा नगरपालिकाको प्रायोजन तथा ऋषेश्वर ११ क्लब थाहा–४ ले आयोजनामा भएको हो । प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ । 

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपियाँ नगद तथा दोस्रो हुने टिमलाई ५० हजार रुपियाँ, शिल्ड, मेडल तथा पुरस्कार रहेको आयोजक ऋषेश्वर ११ का सुमन विष्टले जानकारी दिए ।