Monday, 24th March, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

थाहा गोल्डकप अपडेटः चार टिम विजयी, को को भए पराजित ?

sssp-1610548051.jpg

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी थाहा गोल्डकप अन्तर्गत २९ पुसमा भएको खेलमा चार टिम विजयी भएको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ट्राइबेकरमा न्यु प्रगतीशील युवा क्लबले गोपाली युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको छ भने दोस्रो खेल पनि ट्राइबेकरमा धुनीबेशी स्पोर्टस धादिङले ऋषेश्वर ११ ‘बी’ लाई ६–५ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै २८ पुसमै भएको तेस्रो खेलमा ल्यायम्ह पुचः मकवानपुर शाखाले संयुक्त युवा क्लब नौबिसे धादिङलाई २–१ गोल अन्तरले पराजित गरेको छ भने अन्तिम खेलमा पाःल्व युवा क्लबलाई बारागढीले ३–० गोल अन्तरले पराजित गरेको थियो ।

थाहा गोल्डकपको यससंगै पहिलो चरणको खेल सम्पन्न भएको क्लबका सुमन विष्टले जानकारी दिए । १ माघबाट प्रि क्वाटर फाइनलको खेलहरु संचालन हुने विष्टले जानकारी दिए । 

नकआउटको आधारमा खेलाइएको प्रतियोगिता थाहा नगरपालिकाको प्रायोजन तथा ऋषेश्वर ११ क्लब थाहा–४ ले आयोजनामा भएको हो । प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ । 

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपियाँ नगद तथा दोस्रो हुने टिमलाई ५० हजार रुपियाँ, शिल्ड, मेडल तथा पुरस्कार रहेको आयोजक ऋषेश्वर ११ का सुमन विष्टले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०