Sunday, 16th August, 2026
वि.स.

थाहा गोल्डकप अपडेटः डाँडाबास विजयी

Ball-1610612879.jpg

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी थाहा गोल्डकप अन्तर्गत १ माघमा भएको खेलमा डाँडाबास फुटबल टिम विजयी भएको छ । डाँडाबासले जेसीआई नौविसे धादिङलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

नकआउटको आधारमा खेलाइएको प्रतियोगिता थाहा नगरपालिकाको प्रायोजन तथा ऋषेश्वर ११ क्लब थाहा–४ ले आयोजनामा भएको हो । प्रतियोगितामा ३२ टिमको सहभागिता रहेकोको पहिलो चरणको खेल सम्पन्न भई अहिले विजृता १६ टिमको बीचमा प्रतिस्पर्धा भैरहेको छ । 

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपियाँ नगद तथा दोस्रो हुने टिमलाई ५० हजार रुपियाँ, शिल्ड, मेडल तथा पुरस्कार रहेको आयोजक ऋषेश्वर ११ का सुमन विष्टले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०