Monday, 24th March, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

थाहा गोल्डकप अपडेटः इन्द्रसरोवर विजयी

Football-1610455627-1610605456.jpg

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी थाहा गोल्डकप अन्तर्गत १ माघमा भएको खेलमा इन्द्रसरोवर गाउँपालिका टिम विजयी भएको छ । इन्द्रसरोवर गाउँपालिकाले पारिजात फुटबल टिम चित्लाङलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

नकआउटको आधारमा खेलाइएको प्रतियोगिता थाहा नगरपालिकाको प्रायोजन तथा ऋषेश्वर ११ क्लब थाहा–४ ले आयोजनामा भएको हो । प्रतियोगितामा ३२ टिमको सहभागिता रहेकोको पहिलो चरणको खेल सम्पन्न भई अहिले विजृता १६ टिमको बीचमा प्रतिस्पर्धा भैरहेको छ । 

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपियाँ नगद तथा दोस्रो हुने टिमलाई ५० हजार रुपियाँ, शिल्ड, मेडल तथा पुरस्कार रहेको आयोजक ऋषेश्वर ११ का सुमन विष्टले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०