nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा गाेल्ड कप शुरु, कसले जित्ला १ लाख ?

IMG_20220110_215015-1641830818.jpg

फुटबलमा मकवानपुरकै अब्बल ठहरिएकाे थाहा नगरपालिकामा तेस्रो थाहा गाेल्डकप २६ पुसबाट शुरु  भएकाे छ । थाहा नगरपालिकाकाे आयाेजनामा इन्द्रायणी चाैर खेल मैदानमा शुरु गाेल्डकपकाे  राष्ट्रिय सभा सदस्य तथा प्रतायोजित तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले उद्घाटन गरे । 

मकवानपुरकाे २० सहित २६ टिमले सहभागिता जनाएकाे गाेल्ड कपकाे शुरुवाती खेल  महाङ्काल युवा क्लब र प्रगतिशील युवा क्लब हेटौंडा बीच भयाे । साे खेलमा १ गाेल हानेर महाङ्काल  बिजयी बन्याे । 

२७ पुस बिहान ८ बजेदेखि अरु खेल हुनेछन् । बिहान  डिवाइसि  डाडाबास र आहुती युवा क्लब थाक्रे धादिङबीच भिडन्त  हुनेछ । ५ माघसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले रु. १ लाख पुरस्कार पाउनेछ । 


थाहा नगर खेलकुद विकास समितिका संयोजक राजेस केसीको सभाध्यक्षतामा गाेल्ड कपकाे उद्घाटन भएकाे थियाे । साे अवसरमा थाहा नगरपालिका प्रमुख लवशेर बिष्ट ,मनहरी गाउँपालिकाका अध्यक्ष  एकराज उप्रेती,  थाहा नगरका प्रमुख प्रसाशकीय अधिकृत हरिलाल पुरी, थाहनरा  १ का अध्यक्ष हेरमान गोपाली,  २ का वडा अध्यक्ष गुप्तबहादुर कार्की लगायतकाे उपस्थिति रहेकाे  थियाे ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)