nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–५ का वडाध्यक्ष गुरुङ र सदस्य विक एमालेमै फर्किए

bishnu-1632810022.jpg

नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थाहा नगरपालिका–५ का वडाध्यक्ष बिष्णुबहादुर गुरुङ एमालेमै फर्किएका छन् । वडा नम्बर ५ को नलिवनमा १२ असोजमा एमालेले आयोजना गरेको एक कार्यक्रमबाट गुरुङले आफू भ्रमवश समाजवादीतिर लागेको र अन्ततः एमालेमै फर्किएको घोषणा गरेका हुन् । 

कार्यक्रममा वडा अध्यक्ष गुरुङ र वडा सदस्य उर्मिला विक सँगै आएका थिए । उनीहरुलाई एमाले थाहानगर अध्यक्ष अच्युत्तमप्रसाद ढकाल, सचिब कुमार नेगी, सचिवालय सदस्यहरु लगायतले पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुरुङले आफू एमालेको उमेदवार भएर निर्वाचित भएको र अहिले आएर मतदातालाई धोका दिन नसक्ने बताए । उनले एमालेको चुनाव चिन्ह सूर्य छाडेर आफू कतै जान नसक्ने बताए । 

हालै नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेकी महिला नेतृ वरिना बलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।