Sunday, 16th August, 2026
वि.स.

थाहा–४ मा माओवादीका नारायण लामा वडा अध्यक्ष निर्वाचित, प्यानलै विजयी(मतसहित)

antim-parinam-1652579338-1652612222.jpg

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत् थाहा नगरपालिकाको वडा नम्बर ४ मा वडाध्यक्षसहित नेकपा माओवादी केन्द्रको प्यानलै बिजयी भएको छ ।

माओवादी केन्द्रका लामाले ७५३ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामराजा केसीले ५१२ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका वडा अध्यक्षका प्रत्यासी श्रीकृष्ण केसीले २५३ मत प्राप्त गरे ।

आगामी पाँच वर्षका लागि थाहा–४ बाट खुल्ला वडा सदस्यहरुमा माओवादीका अक्षकुमार तामाङ(७६६) र सुन्दरराज केसी गाेतामे(७८१) विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा चन्द्रमाया थिङ(७६६) र दलित महिला सदस्य विश्वकर्मा(७६७) विजयी भएका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif