thahatimes-ad-thekka-1731652826.jpg
Saturday, 18th January, 2025
वि.स.

थाहा–४ मा माओवादीका नारायण लामा वडा अध्यक्ष निर्वाचित, प्यानलै विजयी(मतसहित)

antim-parinam-1652579338-1652612222.jpg

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत् थाहा नगरपालिकाको वडा नम्बर ४ मा वडाध्यक्षसहित नेकपा माओवादी केन्द्रको प्यानलै बिजयी भएको छ ।

माओवादी केन्द्रका लामाले ७५३ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामराजा केसीले ५१२ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका वडा अध्यक्षका प्रत्यासी श्रीकृष्ण केसीले २५३ मत प्राप्त गरे ।

आगामी पाँच वर्षका लागि थाहा–४ बाट खुल्ला वडा सदस्यहरुमा माओवादीका अक्षकुमार तामाङ(७६६) र सुन्दरराज केसी गाेतामे(७८१) विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा चन्द्रमाया थिङ(७६६) र दलित महिला सदस्य विश्वकर्मा(७६७) विजयी भएका छन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०