nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–३ मा माओवादीका हिरेन्द्र रायमाझी वडा अध्यक्ष निर्वाचित, प्यानलै विजयी(मतसहित)

hirendra-team-1652593531.jpg

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत् थाहा नगरपालिकाको वडा नम्बर ३ मा वडाध्यक्षसहित नेकपा माओवादी केन्द्रको प्यानलै बिजयी भएको छ ।

माओवादी केन्द्रका रायमाझीले ७५९ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुजनकुमार रायमाझीले ५७० मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमोर्चाका वडा अध्यक्षका प्रत्यासी दिनेश विष्टले ४६४ मत प्राप्त गरे । राप्रपाका प्रमोद केसीले ३४ मत प्राप्त गरेका छन् ।

यसपटकको स्थानीय तह निर्वाचनमा वडा नम्बर ३ मा माओवादीले आफ्नो विरासत जोगाउँदा एमाले भने दोस्रो स्थानमा उक्लेको छ । २०७४ को निर्वाचनमा वडामा तेस्रो भएको एमाले दोस्रो स्थानमा आउँदा राजमो तेस्रो स्थानमा पुगेको छ । पाँच वर्ष अघि वडा अध्यक्षमा माओवादीको ८०८, जनमोर्चाको ४३३ र एमालेको ३७५ मत आएको थियो । यसपटक वडामा राजमो र नेपाली काग्रेसको गठबन्धन रहेको थियो । 

आगामी पाँच वर्षका लागि थाहा–३ बाट खुल्ला वडा सदस्यहरुमा माओवादीका कृष्णकुमार कार्की(७७५) र पवित्रा कार्की(७६३) विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा कविता विष्ट(८४१) र दलित महिला सदस्य सविता सुनार(८५७) विजयी भएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)