Sunday, 23rd August, 2026
वि.स.

थाहा–२ मा राप्रपाको वडा कमिटी, अध्यक्षमा तामाङ सचिबमा बस्नेत

raprapa-1631970214.jpg

थाहा नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संगठनात्मक गतिविधि बढाउन थालेको छ । यसक्रममा सो पार्टीले शनिबार थाहा नगरपालिकाको वडा नम्बर २ मा वडा भेला सम्पन्न गरेको छ । 

भेलाले कुलमान तामाङको अध्यक्षतामा ४१ सदस्यीय राप्रपा वडा समिति गठन गरेको छ । वडा समितिको उपाध्यक्षमा नविन कार्की, सचिब विकेशबाबु बस्नेत र कोषाध्यक्ष रविन लामा चयन भएका छन् । 

राप्रपा मकवानपुर जिल्ला समति सदस्य दीपक थापा, थाहा नगर अध्यक्ष नविन रायमाझी, सचिब राधाकृष्ण विष्ट लगायतको उपस्थितिमा भेला सम्पन्न भएको हो । 

नगरको अन्य वडाहरुमा पनि क्रमशः भेला आयोजना गरी संगठन निर्माण गरिने थाहानगर अध्यक्ष रायमाझीले थाहाटाइम्सलाई बताए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif